झण्डै ७ लाख रुपैयाँसहित तास र कौडा खेल्ने ८ जना पक्राउ

 कात्तिक ११, २०७६ सोमबार १३:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - लमही नगरपालिका वडा नम्बर ५ बाट जुवा र कौडा खेलिरहेको अवस्थामा ८ जना व्यक्ति पक्राउ परेका छन । रत्नप्रसाद श्रेष्ठको घरबाट जुवा खेलिरहेको अवस्थामा श्रेष्ठसहित ८ जना व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मध्यरातमा छापा मारेर प्रहरीले  ६ लाख ७८ हजार पाँच सय रुपैयाँसहित तास र कौडा खेल्नेलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुलाइ मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवासम्बन्धी) कसुरमा मुद्दा दर्ता गरेर कारबाही अगाडि  बढाइने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया