पारस खड्काको राजीनामाबारे चाँडै नै छिनोफानो हुन्छ: क्यान

 कात्तिक १२, २०७६ मंगलबार ६:४८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका पारस खड्काको बारेमा चाँडै नै छिनोफानो हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

पारसको आधिकारिक भनाइ क्यानमा नआएको भन्दै नेपाल क्रिकेट संघले राजीनामाका बारेमा प्रस्ट पार्न भन्दै पत्र पठाएको महासचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो । जवाफमा पारसले इमेलमार्फत क्यानलाई आफ्नो राजीनामाका बारेमा सामाजिक सञ्जालमा आएको कुरा सही भएको बताएका छन् ।

पारसले क्यानलाई लिखित जवाफ पठाएपछि अब उनी कप्तानमा फर्कने सम्भावना लगभग न्यून भएको पनि महासचिव प्याकुरेलको भनाइ छ ।

पारसले आफ्नो चाहनाअनुसार कप्तानी पदबाट राजीनामा दिएको र अब क्यानले यसको प्रक्रियाका बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने महासचिव प्याकुरेलले बताउनुभयो ।

पारसले राजीनामा दिएपछि अबको कप्तान को भन्ने धेरै प्रश्नहरु उठिरहेका बेला अहिलेको विकल्पका रुपमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर नै पहिलो रोजाइमा पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया