दाेस्राे ठूलाे चाड ‘दिवारी’ मनाउँदै कैलालीका राना थारुहरु

 कात्तिक १२, २०७६ मंगलबार ८:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढीका राना थारुहरुले आज ‘दिवारी’ पर्व मनाउँदै छन् ।

धनगढीमा रहेका राना थारुहरुकाे तिहार मनाउने तरीका अलि भिन्दै रहेकाे र उनीहरुले यसलाई ‘दिवारी’का रुपमा मनाउँदै आइरहेका छन् । रानाहरुको मुख्य चाड होलीपछिको ‘दिवारी’ नै हो ।

रानाहरु ‘दिवारी’लाई २ दिन मनाउने गर्छन् । गोवर्द्धन पूजालाई ‘खिच’ भनेर मनाइन्छ भने भाइटीकाका दिन मध्यरातमा उठेर सुपा बजाएर घरको परिक्रमा गर्ने परम्परा छ । तर केही वर्षयता राना समुदायमा पनि भाइटीका मनाउने चलन बढेको राजपुरका भानुप्रताप रानाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया