दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाण्डौको रानी पोखरीमा पुगेर टीका लगाए

 कात्तिक १२, २०७६ मंगलबार ११:५८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाण्डौको रानी पोखरीमा पुगेर टीका लगाएका छन् ।

रानी पोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिर भूकम्पले भत्काएकाले मन्दिरको मूर्ति बाहिरै बसेर मंगलबार भाइटीकाका दिन दिदीबहिनी नभएकाहरुले टीका लगाइरहेका हुन् । मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मिलाएको छ ।

बिहान ७ बजेबाट सुरु गरिएको भाइटीका बेलुका साढे सात बजेसम्म लगाउने मिल्ने व्यवस्था गरिएको छ । दिदीबहिनी नभएकाहरुले त्यस मन्दिरमा पुगेर भाइटीका लगाउने परम्परालाई हालसम्म पनि निरन्तरता दिइएको हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया