पूर्व राजाद्वारा १०:५१ मै भाइटीका ग्रहण

 कात्तिक १२, २०७६ मंगलबार १२:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ ।

पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नु भएको हो । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उहाँले त्यसअघि नै टीका लगाउनु भएको थियो ।  पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुग्नु भएको थियो ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको बताउनुभयो । उहाँदे भन्नुभयो, ‘आज कसैको कुरा काट्ने दिन होइन, आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’

त्यस्तै नेपाली राजनीतिक परिवर्तनप्रति पनि उहाँले संक्षिप्त टिप्पणी गर्दै भन्नुभयो, ‘कुनै पनि परिवर्तन हुँदा दुइटा कुरा महत्वपूर्ण हुन्छ प्रवृत्ति र विकास । यो कुरा बुझिएन भने परिवर्तन हुँदैन । सर्वसाधारणले सरल र सहज ढंगले अनुभव गर्ने कुरा नै विकास हो ।’

त्यस्तै लक्ष्मीपूजाका दिन आफूले विशेष रुपमा देश र सम्पूर्ण नागरिकका लागि प्राथना गरेको बताउँदै उहाँले भन्नुभयो, ‘कति धन नहुनेले धन वृद्धिको प्राथना गरे होलान् तर मैले चाहिँ धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपालीपन पाओस् भनेर प्राथना गरेको थिएँ ।’

पूर्व राजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उहाँले भने झैं ‘अरुको सुःखका लागि आफैलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको पनि बताउनु भयो । ‘सबै नेपालीले सुःख र शान्तिका साथ बस्न पाउन, तिहारको अवसरमा मेरा यही शुभकामना छ’, पूर्वराजा शाहको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया