बलात्कारको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ

 कात्तिक १२, २०७६ मंगलबार १२:५२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन(अनेरास्ववियू) केन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिव समेत रहेका इन्द्रहाङ राईलाई १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान पक्राउ गरेको हो ।

पीडित किशोरीले सोमबार राति प्रहरीलाई राईले आफूलाई बलात्कार गरेको जानकारी गराएकी थिइन् । राईले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६, माकलबारीमा रहेको साथीको कोठामा लगेर बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) होविन्द्र बोगटीका अनुसार अहिले घटनाको अनुसन्धान भैरहेको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षण भएको र घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको पनि डीएसपी बोगटीले उज्यालोलाई जानकारी दिनुभयो

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • Rajan Adhikari

    Oct. 29, 2019, 4:03 p.m.

    Why this happening?

  •  0 Reply

तपाईको प्रतिक्रिया