राष्ट्रिय विभूति शंखधर साख्वा: काे सम्मानमा साँगा-फुलचोकी ट्रेकिङ रुटको नामाकरण गरिने

 कात्तिक १२, २०७६ मंगलबार १६:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - सरकारले भक्तपुरको साँगादेखि काठमाण्डाैको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाः को सम्मानमा उहाँको नामबाटै त्यस रुटको नामाकरण गर्ने घोषणा गर्नु भएको हो । नेपाल संवत ११४० को अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मध्यपुर ठिमी नगरपालिकाभित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वा स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ । त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईको भनाइ थियो ।

मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर सुरु भएको नेपाल संवत नेपाली जनताको संवत भएको उल्लेख गर्दै आगामी वर्षबाट त्यस सम्वत मनाउन नेपाल सरकार आफै आयोजक बन्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया