तिहारको समयमा पक्राउ परेकामध्ये १० प्रतिशतलाई मुद्दा चलाउने तयारी

 कात्तिक १३, २०७६ बुधबार ८:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिहारको समयमा विभिन्न अभियाेगमा पक्राउ परेकामध्ये झण्डै १० प्रतिशतलाई मुद्दा चलाउने तयारी भएको छ ।

पक्राउ परेका झण्डै चार सयमध्ये ९० प्रतिशतलाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

जुवातास खेलेको, जाँडरक्सी खाएको, चोरी गरेको लगायत अभियोगमा पक्राउ परेका १० प्रतिशतलाई भने मुद्दा नै चलाउनुपर्ने देखिएको महानगरीय प्रहरी परिसुर काठमाण्डौले जनाएको छ ।

यसै क्रममा पछिल्लो २४ घण्टामा काठमाण्डौ, ललितपुर र भक्तपुरबाट १२४ जना पक्राउ परेका छन् । काठमाण्डौबाट १०२ , भक्तपुरबाट १८ र ललितपुरबाट ४ गरी १२४ जना पक्राउ परेका प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया