स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा: आईसीयूमा उपचार हुँदै

 कात्तिक १३, २०७६ बुधबार १२:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ ।

पुरानै समस्या देखिएपछि उहाँलाई बुधबार बिहान काठमाण्डौकाे धापासीमा रहेको ग्राण्डी इन्टरनेश्नल अस्पताल पुर्‍याइएको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीलाई अहिले इन्टेन्सिभ केयर युनिट (आइसीयू) राखेर उपचार सुरु गरिएको छ ।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने उहाँलाई नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल लगिएको दावी गर्नुभएको छ । १२ वर्षअघि मिर्गौला फेरिएकाले प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको साउन अन्तिम र भदौ पहिलो हप्ता प्रधानमन्त्री ओलीले सिंंगापुरको नेशनल युनिर्भसिटी अस्पतालमा उपचार गरेर फर्किएपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया