भारतमा हुने यू-१९ च्यालेन्जर ट्रफीका लागि रित गाैतमकाे कप्तानीमा १६ सदस्यीय टाेली घाेषणा

 कात्तिक १३, २०७६ बुधबार १४:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - भारतमा हुने यू-१९ च्यालेन्जर ट्रफीका लागि नेपाली युवा टिमको घोषणा भएको छ ।

भारतको मुम्बई र विजयवाडामा आउँदो नोभम्बर ११ देखि नोभेम्बर १७ तारिखसम्म हुने प्रतियोगिताका लागि १६ सदस्यीय टिममा अनुभवी खेलाडीभन्दा पनि नयाँ खेलाडीलाई मौका दिइएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) को आयोजनामा हुने यो प्रतियोगितालाई लिस्ट ‘ए’ खेलको मान्यता दिइएको छ । नेपालले इण्डिया रेड, इण्डिया यल्लो र इण्डिया ब्लूसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिन फर्म्याटमा हुने यस प्रतियोगितामा सबै टिमले एक अर्कासँग समूह चरणमा प्रतिस्पर्धा गर्नु पर्नेछ । शीर्ष स्थानमा रहने दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

रित गौतमको कप्तानीमा घोषणा गरिएको टिममा लोकेश बम, त्रितराज दाश, विशालविक्रम केसी, खड्कबहादुर बोहोरा, अभिशेक बस्नेत, हरि चौहान, अरुन ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी, गौतम केसी छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया