भोजराज भाटलाई ‘एएफसी ड्रिम एसिया अवार्ड’

 कात्तिक १३, २०७६ बुधबार १७:८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली पत्रकार तथा वृत्तचित्र निर्माता भोजराज भाटले एसियन फुटबल महासंघ(एएफसी) को ड्रिम एसिया अवार्ड जित्नु भएकाे छ ।

बुधबार मलेसियामा भएको अवार्ड कार्यक्रममा उहाँले १० हजार अमेरिकी डलर पुरस्कार रहेको त्यो अवार्ड जित्न सफल हुनुभयाे । एएफसीको सोसल रेस्पोन्सबिलिटी विधाअन्तर्गत भाटले  सन् २०१५ मा निर्माण गरेको ‘सुनकली’ वृत्तचित्रबाट अवार्ड जित्नु भएकाे हाे ।

यो विधामा २७ आवेदकमध्ये तीनलाई विजेता घोषित गरिएको हो । भाटसँगै यो अवार्ड जापान इन्क्लुसिभ फुटबल फेडेरेशन र शेल कतार कूरा टाइम प्रोगाम नामक संस्थाले पनि जितेका छन् । 

मुगुका महिला फुटबलरमाथि बनाएको त्यस वृत्तचित्रमार्फत भाटले अन्तर्राष्ट्रिय स्तरमा नै चर्चा पाउनु भएकाे छ । ‘सुनकली’ वृत्तचित्र विश्वका एक सयभन्दा बढी  फिल्म फेस्टिबलमा देखाइएको थियो । ‘सुनकली’ले २० भन्दा बढी अवार्ड जितेको छ ।

त्यस्तै खुश्बु ओलीले सञ्चालन गरेकाे शेल्टर आश्रय नेपालले एएफसी ड्रिम एसिया अवार्डअन्तर्गत सिल्भर अवार्ड र चाइल्डरिच नेपाललाई ब्राेन्ज मेडल प्रदान गरिएकाे छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया