कुटपिटको आरोपमा एक जना पक्राउ

 कात्तिक १४, २०७६ बिहिबार १६:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – कुटपिटकाे आराेपमा जिल्ला प्रहरी कार्यालय कैलालीले २० वर्षीय निखिल ओडलाई पक्राउ गरेकाे छ ।

धनगढी उपमहानगरपालिका ५ का २० वर्षीय पारस जोशीलाई इँटा प्रहार गरी घाइते बनाएपछि उनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

घाइते जोशीको धनगढीको निसर्ग अस्पतालमा उपचार भैरहेको छ । जोशीको निधारमा चोट लागेको छ । 

पक्राउ परेका ओड धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडका छोरा हुन् ।   

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया