भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्राण्डी अस्पतालमा पुगेर त्यहाँ उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री ओलीको बुधबारदेखि ग्राण्डी अस्पतालको आईसीयूको बेड नम्बर १४१६ मा राखेर उपचार भइरहेको छ । बुधबार पहिलो पटक डायलाइसिस भएको प्रधानमन्त्री ओलीको बिहीबार पनि डायलाइसिस भइरहेको छ ।
प्रधानमन्त्री ओलीको डायलाइसिस गरेपछि अस्पतालमै पुगेर भेट गर्नु भएका उहाँले सञ्चारकर्मीमाझ भर्खरै डायलाइसिस गरिएको र एकैछिन रेस्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताउनुभयो । उहाँले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताउनुभयो । ‘भर्खरै डायलाइसिस भएपछि एकैछिन रेस्ट गरेर उहाँ डिस्चार्ज हुँदै हुुनुहुन्छ, आज बालुवाटार जानुहुन्छ’, अध्यक्ष प्रचण्डको भनाइ थियो, ‘प्रधानमन्त्रीले आफूलाई अहिले ठिक भयो भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले प्रचण्डसँग आफ्नो स्वास्थ्यमा छिटो छिटो समस्या देखा परेको पनि बताउनु भएको थियो ।
अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीको फेरि डायलाइसिस गर्नुपर्ने, नपर्ने भन्ने कुरा भने भोलि, पर्सिको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरुले बताएका थिए । प्रधानमन्त्री ओलीले बुधबार ग्राण्डी अस्पतालमा पुगेर मिर्गौंलाको पहिलो डायलाइसिस गराउनु भएको थियो ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।