भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
रसुवा - रसुवाको सदरमुकाम धुन्चेमा युवाहरूको सक्रियतामा बिहीबार जरायो नाच देखाइएको छ ।
जीवजन्तुलाई मार्न नहुने सन्देश दिँदै जरायो नाच प्रस्तुत गरिएको हो । गएको दुई वर्षदेखि रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले जरायो नाच प्रस्तुत गर्दै आएको छ ।
यो नाच ‘चेन क्षेवा’ अन्तर्गत पर्छ । यसमा धेरै किसिमका नाच समावेश गरिएको हुन्छ । धुन्चेमा खम्बा र जरायो नाच देखाउने गरिएको समूहका सचिव कमल तामाङले बताउनुभयो ।
‘चार दशकसम्म नाच प्रस्तुत हुन नसकेपछि दुई वर्षअघिदेखि यसको सुरुवात गरेका हौँ’, उहाँले भन्नुभयो, ‘यसलाई हामीले निरन्तरता दिँदै जाने छौँ ।’ २०३५ सालसम्म यो नाच प्रचलनमा थियो ।
धुन्चेमा लामो समयसम्म नाच प्रस्तुत हुन नसकेको समयमा जिल्लाको अन्य क्षेत्रमा भने नाच प्रस्तुत हुँदै आएको थियो । यो नाच रसुवाको ठूलो भार्खु, गत्लाङ, गोल्जुङ, चिलिमे र खाम्जिङमा समेत देखाइँदै आएको छ । ठूलो भार्खुमा भाइटीकाको भोलिपल्ट र अन्य ठाउँमा फरक फरक महिनामा नाच देखाइने गरिएको छ ।
नाच देखाउनका लागि धुन्चेमा चार ओटा समूह बनाइएको छ । एउटा समूहमा २६ देखि २८ घरधुरी समावेश गरिएको छ । यो नाच वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाको बारेमा केन्द्रित छ ।
यसमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ । सिकारीहरू सिकार खेल्न जाँदा लुकेर बसेको जरायो भाग्छ । भागेर गएको जरायो लामाको शरणमा पुग्छ ।सिकारीहरू लामा कहाँ पुगेर जरायो खोजिदिन आग्रह गर्छन् । वन्यजन्तुको सिकार गर्न नहुने सन्देश लामाले दिएपछि सिकारीले सबै हतियार लामालाई बुझाउँछन् ।
लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउनका लागि यो नाच देखाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।