मौसम : पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना

 कात्तिक १५, २०७६ शुक्रबार ८:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार देशका पहाडी भेगका केही ठाउँ बाहेक सबैजसो ठाउँको मौसम सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भेगमा भने सामान्य बादल लाग्ने सम्भावना भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार शनिबार हिमाली तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात र सुुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । देशभरको न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको उहाँले बताउनुभयो । काठमाण्डौको बिहीबार बिहानको न्यूनतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो भने शुक्रबार पनि यतिकै हाराहारीमा रहेको मौसमविद् अर्यालले बताउनुभयो ।

अरब सागरको पश्चिमी भागमा ‘क्यार’ नामाकरण गरिएको चक्रवात अवस्थित रहेको महाशाखाले जनाएको छ । चक्रवात पनि विस्तारै कमजोर हुँदै पश्चिमी–दक्षिणपश्चिमी दिशातर्फ बढिरहेको र यस चक्रवातको प्रभाव नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले बंगलादेश तथा आसपासका क्षेत्रमा एउटा न्यूनचापीय प्रणाली रहेको र अर्को न्यूनचापीय प्रणाली अरब सागरको दक्षिणपूर्वी भागमा विकसित भइरहेको जनाएको छ । यो पनि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेकोले यसको प्रभाव नेपालमा खासै नपर्ने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया