म्याग्दीमा जीप दुर्घटना : २ जनाकाे ज्यान गयाे, १४ जना घाइते

 कात्तिक १५, २०७६ शुक्रबार १६:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – मालिका गाउँपालिका २ को रुमगाउँमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

गाउँपालिकाको केन्द्र दरबाङदेखि रुमगाउँका लागि छुटेको ध १ ज ५९५ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय सपबहादुर श्रीपाली र चन्द्रबहादुर पुनको ज्यान गएको हो ।

जीप दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया