बलात्कारकाे आराेपमा पक्राउ परेका ७ जनालाई ७ दिन थुनामा राख्न अनुमति

 कात्तिक १५, २०७६ शुक्रबार १८:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – जबरजस्ती करणी अभियोगमा पक्राउ परेका सात जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न दोलखा जिल्ला अदालतले अनुमति दिएको छ । 

गएको कात्तिक ११ गते सोमबार राति ८ बजे १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले १२ गते दोलखाका सात जना पुरुषलाई पक्राउ गरेको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयमार्फत शुक्रबार दोलखा जिल्ला अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न दोलखा प्रहरी कार्यालय दोलखालाई अनुमति दिएको हो । 

पक्राउ परेका सात जनामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको दोलखा प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया