दाङमा ट्रयाक्टर दुर्घटना : ३ जनाको ज्यान गयो, २६ जना घाइते

 कात्तिक १५, २०७६ शुक्रबार १९:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको देउखुरीमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना बालिकाको ज्यान गएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेमा गढवा गाउँपालिका ६ को  मनिकापुरकी ११ वर्षीया निनु पुन, १२ वर्षीया सिमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको प्रहरीले जनाएको छ । 

गढवा गाउँपालिका-६, को मनिकापुरमा भैलो खेलेर संकलन भएको रकमले कोइलाबास सडकको चिसापानीमा वनभोज खाएर फर्कने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना बालिकाको ज्यान गएको हो । 

दुर्घटनामा घाइते भएका तीन जना बालिकाको उपचारको क्रममा गढवा स्वास्थ्य चौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा अन्य २६ जना घाइते भएका छन् ।  

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Vijay gurung

    Nov. 2, 2019, 11:52 p.m.

    कोइलावास होइन, कोइलावास सडक हो , गढवा गाउँपालिका वडा नं ५ /जमुनिवास देखि १.५ किलोमिटर माथि कोर्चे भन्ने ठाउँमा दुर्घटना भएको हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया