२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयाेजना निर्माणका लागि ५१ अर्बकाे वैदेशिक लगानी सम्झाैता

 कात्तिक १५, २०७६ शुक्रबार १९:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माथिल्लो त्रिशूली-१, जलविद्युत आयोजनाका लागि आवश्यक  लगानी जुटेको छ । 

कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको त्यस जलविद्युत आयोजनाका लागि आवश्यक लगानीसम्बन्धी सम्झौतामा शुक्रबार काठमाण्डौमा गरिएको हो । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा काठमाण्डाैमा कम्पनी र लगानीकर्ता अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरुबीच त्यस जलविद्युत आयोजनाका लागि ४५ करोड ३२ लाख अमेरिकी डलर (झण्डै ५१ अर्ब ३१ करोड नेपाली रुपैयाँ) लगानी गर्ने सम्झौता गरिएको छ ।

बाँकी ३० प्रतिशत रकम भने इक्विटीबाट जुटाइएको छ । जसअनुसार विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख अमेरिकी डलर, एसियाली विकास बैंकले ६ करोड डलर, एसियाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख अमेरिकी डलर, कोरियन आयात बैंकले १० करोड अमेरिकी डलर, कोरिया डेभलप्मेन्ट बैंकले ३ करोड अमेरिकी डलर त्यस आयोजनामा ऋण लगानी गर्नेछन् ।

कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले त्यस जलविद्युत आयोजनामा लगानी गर्ने सबै अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरुप्रति आभार व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले सरकारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण बनाएको पनि स्मरण गराउनुभयो ।

मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि बाह्य लगानी अनुकूलको नीतिगत, संरचनागत आधार पनि तय गर्दै गएको पनि बताउनुभयो । निर्माण सुरु गरिएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको त्यस जलविद्युत आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट उर्जा उत्पादन हुने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: मंसिर १६, २०७६

तपाईको प्रतिक्रिया