छाेराकाे कुटाइबाट आमाकाे ज्यान गयाे

 कात्तिक १६, २०७६ शनिबार ११:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु नगरपालिका ८ काे पश्चिम दोहनीमा छोराको कुटाइबाट आमाको ज्यान गएको छ । छोरा सुरेन्द्र कुर्मीले कुटपिट गरी ५५ वर्षीया आमा फूलमतीको हत्या गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताउनुभयो । 

सुरेन्द्रले रक्सी सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमाको कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल कपिलवस्तु पठाइएको छ । छोरा सुरेन्द्र फरार छन्, उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

सगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया