भैलाे/देउसी खेलेकाे पैसाले खाेटाङमा विपद् व्यवस्थापन कोष

 कात्तिक १६, २०७६ शनिबार १६:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा देउसी खेलेर जम्मा भएको रकमले विपद् व्यवस्थापन कोष खडा गरिएको छ ।

तिहारको लक्ष्मीपूजाका दिन भैलाे/देउसी खेलेको रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरिएको हो । यसपल्ट भैलाे/देउसी खेलेर जम्मा भएको १ लाख र अघिल्लाे वर्षको देउसीमा संकलन भएको ३५ हजार रुपैयाँ मिलाएर काेष स्थापना गरिएको विपद् व्यवस्थापन समितिका सचिव गंगाबहादुर विश्वकर्माले बताउनुभयो ।

विपद् व्यवस्थापन कोष सञ्चालनका लागि शनिबार ध्रुबविक्रम राईको अध्यक्षतामा कोष सञ्चालक समितिको २७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । ५० लाख रुपैयाँको कोष खडा गर्ने र कोषको ब्याजबाट आगलागी, बाढी पहिरो, चट्याङ तथा भूकम्पजस्ता प्राकृतिक प्रकोप एवं मुटु, मिर्गौलाजस्ता दीर्घरोगबाट पीडित भएका स्थानीयलाई सहयोग गरिने लक्ष्य राखिएको सचिव विश्वकर्माले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया