पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज

 कात्तिक १७, २०७६ आइतबार ८:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यहार गरेकोसम्बन्धी मुद्दामा आइतबार थुनछेकको बहस हुँदैछ । काठमाण्डौ जिल्ला अदालतमा गएको शुक्रबार बयान सकिए पनि हिजो शनिबार परेकाले थुनछेक बहस आइतबार मात्र हुन लागेको हो । 

महरालाई बिहान १० बजे नै अदालतमा उपस्थित गराउने तयारी भएको छ । अदालतको बन्द इजलासमा शुक्रबार भएको बयानमा महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पीडित भनिएकी महिलालाई सम्झाउन गए पनि फोन नउठेपछि कोठामा नगई फर्किएको र आफूले सभामुखको मर्यादा कायम राखेको बताएका थिए ।

थुनछेक बहस सकिएपछि महरालाई तारिखमा वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा राख्ने भन्ने फैसला अदालतले गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया