विश्वका पत्रकार महिला कार्यालयमै दुर्व्यवहार भाेग्न बाध्य: माैन पत्रकारिता गर्दै

 कात्तिक १७, २०७६ आइतबार १९:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वभरिका पत्रकार महिलाहरुले पारिश्रमिकमा भिन्नतादेखि शारीरिक बनावटकै कारण निन्दा र अनलाइन दुर्व्यवहार खेप्दै आइरहेका छन् । अझै पनि उनीहरुले कार्यालयमा बिना कुनै कारण असमानता र दुर्व्यवहारकाे सामना गर्ने क्रम जारी छ । 

२ नोभेम्बर, पत्रकारविरुद्धको अपराधको लागि दण्डमुक्त समाप्त गर्ने अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्टरनेशनल मिडिया सपोर्ट (आईएमएस) ले सार्वजनिक गरेको नयाँ अध्ययनले पत्रकार महिलाहरुले समाज र कार्यक्षेत्रमा भोग्ने धेरै चुनौती र दबाबलाई प्रस्तुत गरेको छ । 

‘पत्रकार महिलाहरुकाे सुरक्षा : मौन र हिंसाको चक्र अन्त्य गर्दै’ नामक अभियानले एसिया, अफ्रिका, मध्य पूर्व र दक्षिण अमेरिकाका महिला पत्रकारले कार्यक्षेत्रमा लैङ्गिक असमानता, कम पारिश्रमिक, धेरै काम गर्नुपर्ने, शारीरिक निन्दा र अनलाइन दुर्व्यवहार समानरुपमा भोग्ने गरेको देखाएको छ ।  

‘पत्रकार महिलाहरु पत्रकारिताका लागि मात्रै शिकार हुँदैनन्, उनीहरु आफ्नो लैङ्गिक पहिचानका लागि पनि यसको शिकार हुन्छन् । केही सीमित संख्याका महिला पत्रकारहरुले मात्रै मिडियामा महिलाका अवस्था र विषयमा आवाज उठाउने गरेका छन् । अब सबै सञ्चार संगठनहरुले महिलाहरुलाई लैङ्गिकरुपमा विभेद गर्नुहुँदैन, उही वातावरणमा काम गर्ने अवस्थाको सिर्जना गर्नुपर्छ र दुर्व्यवहार नियन्त्रण गर्ने अभियान ल्याउनुपर्छ’, जेस्पर हैविय, आईएमएसका कार्यकारी निर्देशकले भने । 

अध्ययनले लाज र सामाजिक लाञ्छनाका कारण कार्यलयभित्र पत्रकार महिलाहरुमाथि हुने यौन दुर्व्यवहारकाे घटनालाई दबाउन मद्दत गर्ने देखाएको छ । मुख्यगरी सहकर्मी र सिनियरहरु महिला पत्रकारमाथि हुने यौन दुर्व्यवहारकाे दोषी हुने गर्छन् । यसले धेरै महिलाहरु शान्त रहने र केहीले सामान्यरुपमा मौन पत्रकारिता गर्ने गरेको देखाउँछ ।    

अध्ययनले पत्रकार महिलाहरुमाथि हुने अनलाइन दुर्व्यवहार अर्काे विश्वकाे समस्या भएको देखाएको छ । तीनमध्ये दुई जना पत्रकार महिलाहरु यसको शिकार हुने गरेका छन् । केन्यामा ७३ प्रतिशत पत्रकार महिला यसको शिकार हुने गरेको अध्ययनले देखाएको छ । त्यस्तै ६३ प्रतिशत पत्रकार महिलाले दुराचारको गुनासो गरेका छन् । 

साथै यो अध्ययनले पत्रकार महिलाको सुरक्षा र कामको अवस्थाको बारेमा भैरहेको राम्रो अभ्यासको बारेमा पनि चर्चा गरेको छ । कोलम्बिया र अफगानिस्तानले आफ्नो राष्ट्रिय सुरक्षा तन्त्रमा एक लिङ्ग विशिष्ट अभियानमा जोड दिएको छ, जसले आक्रमणमाथि ध्यान राख्छ, कानुन लागू गराउँछ, कानुन लागू गराउने प्रवर्तकहरुलाई प्रशिक्षण दिन्छ र महिला पत्रकारहरुलाई वित्तीय तथा मनोवैज्ञानिक सहायता प्रदान गर्छ । 

सोमालियामा सोमालियाली पत्रकार महिला संघद्वारा सञ्चालित पत्रकार महिलाको कामको अवस्था राम्रो बनाउनका लागि १० वटा सञ्चार संस्थाले अभिसंघले चलाएको एन्टी साइबरयानलाई सघाउ पुर्‍याउन अभूतपूर्व निर्णय गर्दै महिला पत्रकारहरुका लागि तीन महिनाको मातृत्व अवकाश बिदा दिने गरेका छन् ।

एसिया–प्रशान्त पत्रकार महा बुलिङ २०१७ अभियान र नेपालको दक्षिण एसिया मिडिया सोलिडारिटी नेटवर्कले अनलाइन दुर्व्यवहार महिला र पुरुष पत्रकारबीचको खाडल पुर्न विभिन्न तरिका अपनाइरहेका छन् । 

पत्रकार सुरक्षा तन्त्रमा महिलाका लागि विशेष ध्यान दिन वकालत गर्ने, लैङ्गिक आधारित हिंसा र नीतिबाट रक्षा गर्ने कानुनमा जोड दिने लगायतका योजनाले कार्यक्षेत्रमा महिला पत्रकारमाथि हुने दुर्व्यवहारकाे अन्त्य हुने अध्ययनको निष्कर्ष रहेको छ ।  

तस्बिर : आईएमएस

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया