मन्त्रिपरिषद्काे आकस्मिक बैठक साढे ६ बजे बस्ने

 कात्तिक १७, २०७६ आइतबार १६:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको मन्त्रिपरिषद्को आकस्मिक बैठक डेढ घण्टापछि सारिएको छ । 

मन्त्रिपरिषद्को आकस्मिक बैठक ५ बजेको लागि बोलाइएको भए पनि साढे ६ बजेका लागि सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सचिवालयकाअनुसार बिहान झण्डै डेढ घण्टा बालुवाटारमै चलेको बैठकको निरन्तरतास्वरुप यो बैठक बोलाइएको हो । 

बैठकका एजेण्डाबारे भने केही खुलाइएको छैन । यसअघि बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया