भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी इफिसिएन्सी’ को क्षेत्रमा काम गर्न सरकारवाला सबै निकायसँग आग्रह गर्नुभएको छ ।
कार्यकारी निर्देशक घिसिङले विद्युतकाे माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसिएन्सीमा जोड दिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक हुनेगरी पूर्वाधारको विकास गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको पनि ध्यानाकर्षण गराउनुभयो ।
आइतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा भाग लिँदै उहाँले निजी क्षेत्रले पनि इनर्जी इफिसिएन्सीकाे क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो ।
प्राधिकरणले विद्युतकाे माग र आपूर्तिलाई सहज बनाउन इनर्जी इफिसिएन्सीको क्षेत्रमा काम गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले तीन वर्षभित्र देशभर विद्युत् पुर्याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई साकार पार्न पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्राधिकरणबीच मिलेर काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
निर्देशक घिसिङले वैकल्पिक ऊर्जामा दिइने अनुदान व्यक्तिगतभन्दा समुदायमा दिन उपयुक्त हुने सुझाव पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।