भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डौ – सिन्धुपाल्चोकको सुकुटेमा बस पल्टिँदा ज्यान गुमाउने १७ जनाकै परिचय खुलेको छ ।
ज्यान गुमाउनेमा दोलखा शैलुुङ ५ का चेतबहादुर बस्नेत, शैलुङ ४ की सलिना तामाङ, दोलखा शैलुङगेश्वरी ३ का शिशन तामाङ र चमेली श्रेष्ठ, शैलुङगेश्वरी ५ का किरण राउत, रत्नकुमारी राउत र रिकेश खड्का, कविता राउत, दोलखा भिमदत्त नगरपालिका ९ की रन्जिता केसी बस्नेत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ की सायरानी श्रेष्ठ, शैलुङगेश्री ४ का दियुन लामा, शैलुङगेश्वरी ३ का निर्मला खड्का र निकेश खड्का, काभ्रको रोशि गाउँपालिकाकी सजिना, शैलुङगेश्वरी २ की उरमाया मोक्तान, सानु राउत आले, र चितवन पटीहानीकी पूजा बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये २१ जनाको धुलिखेल, बनेपा र काठमाण्डाैमा उपचार भइरहेको छ भने २९ जना उपचारपछि घर फर्किएका छन् । दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।