सरकारले गर्‍याे प्रदेश प्रमुख नियुक्तिकाे सिफारिस : कुन प्रदेशमा काे ?

 कात्तिक १८, २०७६ सोमबार १७:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिस गरेको हो । 

यसअघि आजै बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको थियो । सचिवालयले टुंगो लगाएको नाम प्रदेश प्रमुखमा नियुक्ति गर्न सरकारलाई सिफारिस गरेको थियो । प्रदेश टुंगो नलगाई सचिवालयले नाम सिफारिस गरेको भए पनि मन्त्रिपरिषद् बैठकले यसबारेमा टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।  

मन्त्रिपरिषद् बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्नु हुनेछ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया