भक्तपुरमा बस दुर्घटना : नौ जना घाइते

 कात्तिक १८, २०७६ सोमबार १९:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – साँगाबाट भक्तपुरतर्फ आउँदै गरेका दुइटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा नौ जना घाइते भएका छन् ।

अरनिको राजमार्ग खण्डअन्तर्गत काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा. ३ ख. ९२७९ नम्बरको बसलाई पछाडिबाट आउँदै गरेको बा. २ ख. ३०६५ नम्बरको बसले सूर्यविनायक–९, बाँसघारीमा सोमबार साँझ ६ बजे ठक्कर दिएको हो । दुर्घटनामा परि दुवै बसमा सवार नौ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक(डीएसपी) रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुको भक्तपुर सल्लाघारीस्थित डा.इवामुरा अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले दुईवटै बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।     

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया