लागुऔषध कारोबारको आरोपमा डच खेलाडीमाथि साढे आठ वर्षको जेल सजाय

 कात्तिक १९, २०७६ मंगलबार ७:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सकी ओलम्पियन माडिया गाफुरलाई लागुऔषधको अवैध ओसार पसार र कारोबारमा संलग्न पाएइएपछि साँढे आठ वर्ष जेलको सजाय भएको छ । 

रियो ओलम्पिकमा चार गुणा चार सय मिटरमा सहभागिता जनाएकी गाफुर जर्मनीमा सीमानामा सुरक्षा जाँचका क्रममा पक्राउ परेकी थिइन् । उनको गाडीमा २० लाख पाउण्ड बराबरको लागुऔषध भेटिएको थियो । 

उनीसँग ५० केजी ट्याबलेट, २ केजी क्रिष्टल मेथ र झण्डै १२ हजार युरो बरामद गरिएको थियो ।

डच एथलेटिक्स युनियनले भने यो निर्णय प्रति आश्चर्यता प्रकट गरेको छ ।

गाफुरले यस्तो गर्न नसक्ने युनियनले दाबी गरेको छ । डच एथलेटिक्स युनियनले भनेको छ, ‘हामी डोपिङ र ड्रग्सको प्रयोगको पूर्ण रुपमा विरोध गर्दै आएका छौँ । डच डोपिङ कानुन प्रति पनि हामी प्रतिबद्ध छौँ ।’

आफू निर्दोष रहेको बताउने गुफरले केल्भ जिल्ला अदालतको यो निर्णयविरुद्ध पुनरावेदन गर्ने बताइएको छ । 

उनले आफ्नो गाडीमा भएको सामान के हो भन्ने आफूलाई जानकारी नभएको बयान दिएकी थिइन् । सामान दिनेको बारेमा पनि उनले बताउन चाहिनन् । साथी–भाइ र परिवारलाई खतरा हुन सक्ने भन्दै उनले आफूलाई सामान दिने ब्यक्तिको नाम उल्लेख गर्न नसक्ने बताइन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया