सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

 कात्तिक १९, २०७६ मंगलबार १०:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – सांसद शान्ता चौधरी चढ्ने बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी सोमबार राति दाङको कुलमोरमा दुर्घटनामा परेको छ  ।

घोरहीबाट लमहीतर्फ जाँदै गरेको गाडी लमही नगरपालिका–६ पुलमोरको घुम्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गाडीमा चालक मात्र रहेका थिए । चालक सकुशल रहेको प्रहरीले जनाएको छ । 

प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीलाई घोराही उपमहानगरपालिका –४ डाडागाउँ बसन्तपुरमा रहेको घरमा पुर्‍याएर फर्कने क्रममा यो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया