नक्कली बिल बनाएर राजस्व छली,  १३ करोड रुपैयाँ बिगोसहित दोङ्गहवा कन्ट्रक्सनविरुद्ध मुद्दा

 कात्तिक १९, २०७६ मंगलबार १८:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - झुटाे तथा नक्कली बीजक प्रयोग गरेर राजस्व छली गर्ने नेपाल दोङ्गहवा कन्ट्रक्सनविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बस्तु तथा सेवा खरिद नै नगरी बिल बनाएर राजस्व छली गर्ने दोङ्गहवा कन्ट्रक्सनविरुद्ध १३ करोड १३ लाख रुपैयाँ बिगो र दोब्बर जरिबाना तथा सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

चिनियाँ नागरिक याङ लिन, शे स्याङजुन, वे देगुइन र नेपाली नागरिक सुविन श्रेष्ठले बस्तु तथा सेवा खरिद नगरी  नक्कली भ्याट बिल खरिद गरेर भ्याट र आयकर छली गरेको विभागले जनाएको छ ।

उनीहरुले ४ करोड २१ लाख भ्याट, ७ करोड ७७ लाख रुपैयाँ आयकर र १ करोड १४ लाख ३१ हजार रुपैयाँ मुनाफा वितरण गर्दा लाग्ने लाभांश गरी १३ करोड रुपैयाँ राजस्व छलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया