जुम्लामा सशस्त्र प्रहरी निरीक्षक आफ्नै काेठामा बेहाेस फेला, अस्पताल लैजाँदा बाटैमा ज्यान गयाे

 कात्तिक २०, २०७६ बुधबार २०:३४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

जुम्ला – सशस्त्र प्रहरी ३३ नम्बर त्रिपुरा गणमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभिषेक थापा आफ्नै काेठामा बेहाेस फेला परेपछि अस्पताल लैजाँदा बाटैमा ज्यान गएकाे छ। 

राति आफ्नै कोठामा सुत्नुभएका थापा बिहान नउठेपछि बेहोस अवस्थामा अस्पताल पुर्‍याइँदा चिकित्सकले उहाँलाई ज्यान गएको घाेषणा गरेकाे ३३ नम्बर सशस्त्र प्रहरी गण जुम्लाले जनाएको छ । 

सशस्त्र प्रहरी गणका गणपति शरद न्यौपानेका अनुसार मंगलबार बेलुकी १० बजेसम्म ठिक रहनुभएका थापा सुतेकै कोठामा बेहोस अवस्थामा भेटिनुभएको थियो । बिहान ड्युटी भए पनि नउठेपछि बुझ्न जाँदा बेहोस भेटिएको र तत्काल अस्पताल लगिएको बताइएकाे छ।  

बेहोस अवस्थामा अस्पताल पुर्‍याइए पनि निरीक्षक थापाको मुटुको धड्कन नभएको हुँदा अस्पताल नआउँदै मृत्यु भैसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर भोजराज बमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया