राष्ट्रिय बीमा संस्थानले कर्णाली प्रदेशमै पहिलो पटक अभिकर्ता तालिम सञ्चालन गर्दै

 कात्तिक २०, २०७६ बुधबार २०:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – राष्ट्रिय बीमा संस्थानकाे  सुर्खेत शाखाले कर्णाली प्रदेशमा नै पहिलो पटक बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । 

संस्थानमा अभिकर्ता भएर काम गर्न चाहने व्यक्तिलाई लक्षित गरी पहिलो पटक अभिकर्ता तालिम सञ्चालन गर्न लागेको सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बताउनुभयो । 

संस्थानले अभिकर्ता तालिम सुर्खेतको वीरेन्द्रनगरमा आउँदो मंसिर ५, ६ र ७ गते सञ्चालन गर्ने जनाएको छ । सहभागी हुन चाहने आवेदकले कम्तीमा एसएलसी वा एसईई पास गरेको हुनुपर्ने छ । 

आवेदकले आवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, एसएलसी वा एसईई को मार्कसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि तथा भर्खरै खिचिएको चार वटा फोटो पेस गर्नुपर्ने संस्थानले जनाएको छ । 

कर्णाली प्रदेशमै पहिलो पटक नयाँ शाखा विस्तारसँगै संस्थानले व्यवसाय अभिवृद्धि गर्न विभिन्न कामहरु गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया