दशरथ रंगशालामा हुने भनिएकाे नेपाल र कुवेतकाे खेल भुटानमा हुने

 कात्तिक २१, २०७६ बिहिबार १५:२३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ । एएफसीका प्रतिनिधिको रिपोर्टका आधारमा नेपालले घरेलु मैदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने भएको हो ।

एएफसीका प्रतिनिधि देङ सिआ लोङले एन्फालाई इमेलमार्फत यो खेल भुटानको चाङलिमिथाङमा हुने जनाएका हुन् । केही दिनअघि एएफसीको टिम निरीक्षणका लागि काठमाण्डौ आएको थियो, त्यही समितिको रिपोर्टका आधारमा एएफसीले नेपालले घरेलु मैदानमा खेलाउने भनिएको कुवेतविरुद्धको खेल भुटानको थिम्पुमा सारिएको हो ।

चार वर्षअघि आएको विनाशकारी भूकम्पका कारण खेल्न योग्य नभएको रंगशाला पछिल्लो पटक मर्मतको अवस्थामा रहेको छ । एएफसीका प्रतिनिधिले पनि कुवेतको खेलसम्म रंगशाला तयार नहुने रिपोर्ट बुझाएका थिए । मंसिर ३ गते हुने भनिएको खेल त्यही मितिमा भुटानमा हुने भएको छ ।

लामो समयको पर्खाइपछि नेपाली दर्शकले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल हेर्न पाउने चाहना अधुरो बनेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया