बंगलादेशविरुद्धको दोस्रो टी २० क्रिकेटमा भारत ८ विकेटले विजयी

 कात्तिक २२, २०७६ शुक्रबार ६:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशविरुद्धको दोस्रो टी २० क्रिकेटमा भारत ८ विकेटले विजयी भएको छ । भारतको जितसँगै सिरिजमा भारतले १–१ को बराबरीमा ल्याउन सफल भयो । पहिलो टी २० मा भारत पराजित भएको थियो ।

राजकोटमा पाहुना टोली बंगलादेशले दिएको १५४ रनको लक्ष्य भारतले २ विकेट गुमाएर २६ बल बाँकी छँदै पूरा गरेको थियो । भारतको जितमा कप्तान रोहित शर्मा र शिखर धवनले उत्कृष्ट पारि खेले । रोहित र शिखरले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए । रोहित ८५ रनमा आउट हुँदा शिखर धवन ३१ रनमा पेभेलियन फर्किए ।

टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । बंगलादेशले शुरुआत भने राम्रो गरेको थियो ।

पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेको बंगलादेशका लागि मोहम्मद नहिमले ३६ तथा लिन्टन दासले २९ रन बनाए । यसैगरी कप्तान मोहमदुल्लाह र सौम्य सरकारले ३०–३० रन बनाए ।  भारतको युजबेन्द्र चहलले दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया