पूर्वमन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ

 कात्तिक २२, २०७६ शुक्रबार ७:५९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले ज्योतीलाई बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेका ज्योतिलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

ललितपुर जिल्ला अदालतले मुद्दाको छिनोफानो नभएसम्म ज्योतीलाई पक्राउ नगर्न आदेश दिएकोमा सर्वोच्च अदालतले बिहीबार उनलाई पक्राउ गर्नबाट रोक्न नमिल्ने फैसला गरेको केही समयपछि नै प्रहरीले पक्राउ गरेको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • dhama paudyal

    Nov. 8, 2019, 8:05 a.m.

    सर्बोच्च ले जे गर्दैछ ठिक गर्दैछ । यसरि अदालत को आदेश लाई प्रहरी ले तुरुन्त पालना गरेको पनि यो पहिलो पटक होला । नत्र खुलेआम हिडेको मान्छे नभेटिएको लिस्ट्मा बर्षौ हुन्थे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया