नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृ...
चैत १६, २०८० शुक्रबार
बैतडी - पुर्चौडी नगरपालिका ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिनुभएको छ ।
वडा सदस्य पार्की पुर्चौडी नगरपालिका १ को राताशिला मन्दिर नजिकको देवल भन्ने ठाँउमा मृत भेटिनुभएको बैतडीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
बिहीबार राति पुर्चौडी नगरपालिका १ मा रहेको राताशिला मन्दिरमा जात्रा हेर्न जानुभएका वडा सदस्य शुक्रबार बिहान मृत अवस्थामा भेटिनु भएको हो ।
वडा सदस्य पार्कीको मृत्यु के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।