सुदूरपश्चिममा भूकम्पको धक्का

 कात्तिक २६, २०७६ मंगलबार १०:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा पनि धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।

मंगलबार बिहान ७ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया