राैतहटकाे प्रहरी चाैकीमा सुतली बम प्रहार: एक भारतीय नागरिक पक्राउ

 कात्तिक २६, २०७६ मंगलबार १५:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - रौतहटको इसनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा मंगलबार बम प्रहार भएको छ ।

बम प्रहारमा परेर एक प्रहरी जवान घाइते भएका छन् । बम प्रहार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

रौतहट प्रहरीका अनुसार BR 05 S6509 नम्बरको भारतीय नम्बर प्लेट रहेको मोटरसाइकलमा दुई जना भारतीय नागरिक आएको र मठिया प्रहरी चौकीमा रहेका सेन्ट्रीलाई लक्षित गरेर सुतली बम प्रहार गर्दा सेन्ट्री सामान्य घाइते भएका छन् ।

बम प्रहार गरेर मोटरसाइकलसहित भाग्दै गर्दा दशगजा क्षेत्रबाट चालकसहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बम प्रहार गर्ने व्यक्ति भने फरार रहेका उनको खोजी भइरहेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया