इंग्ल्याण्ड युरो कपमा छनोट, ह्यारी केनको ह्याट्रिक

 कात्तिक २९, २०७६ शुक्रबार ६:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोन्टोनेग्रोलाई स्तब्ध पार्दै इंग्ल्याण्ड युरो कप २०२० का लागि छनोट भएको छ । फुटबल इतिहासमा एक हजारौँ खेलमा इंग्ल्याण्डले कमजोर प्रतिद्वन्द्वी मोन्टेनेग्रोलाई ७–० गोलको भारी अन्तरले हरायो ।

लण्डनस्थित विम्ब्ली स्टेडियममा भएको खेलमा ह्यारी केनले ह्याट्रिक गरे भने एलेक्स ओक्लाडे च्याम्बरलिन, मार्कस रासफोर्ड र ट्यामी अब्राहमले एक–एक थोल थपे । अर्को एक गोल भने मोन्टेनेग्रोका खेलाडीले आत्मघाती गरेका थिए ।

११ औँ मिनेटमा च्याम्बरलिनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । १८औँ र २४औँ मिनेटमा ह्यारी केनले हेडर गोल गरेपछि इंग्ल्याण्डले सुरुवातमै तीन गोलको अग्रता लिन सफल भयो । तीनै गोलका लागि बेन्जामिन चिवेलले पास दिएका थिए ।

३०औँ मिनेटमा रासफोर्डले पनि गोल दर्ता गराए । ३७औँ मिनेटमा केनले ह्याट्रिक पूरा गरे । यो ह्याट्रिकसँगै ह्यारी केन इंग्ल्याण्डको सर्वाधिक गोलकर्ताको सूचिको पाँचौँ स्थानमा आएका छन् । उनले अन्तर्राष्ट्रिय गोल संख्या ३१ बनाएका छन् ।

पहिलो हाफमा पाँच गोल गरेको इंग्ल्याण्डले ६६ औँ मिनेटमा आत्मघाती गोल उपहार पायो । म्यासन माउन्टको प्रहार बचाउने क्रममा अलेक्सान्दर सोफ्रानाकले आत्मघाती गोल गर्न पुग्यो ।

दोस्रो हाफमा ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेका ट्यामी अब्राहमले पनि पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल हुँदा इंग्ल्याण्ड ७–० ले विजयी भयो ।

छनोटको समूह एबाट चेक गणतन्त्र उपविजेता बनेका छ । चेकले कोसोभोलाई २–१ ले हराएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया