नेपाललाई ऐतिहासिक उपाधि दिलाउने भलिबल टोलीका सदस्यलाई ३-३ लाख रुपैयाँ पुरस्कार

 कात्तिक २९, २०७६ शुक्रबार १७:१८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ ।

प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्याम्पियन बन्न सफल नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानथलमा स्वागत गरेका थिए ।

खेलाडीलाई स्वागत गर्दै सदस्य सचिव सिलवालले नेपाली टिमका सबै सदस्यलाई पुरस्कार स्वरुप तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरे । खेलाडीलाई स्वागत गर्नका लागि पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरु विमानस्थलमा पुगेका थिए ।

२० वर्षे भलिबल इतिहासमा नेपाली महिला टोलीले प्राप्त गरेको यो पहिलो स्वर्ण पदक हो ।

प्रतियोगितामा नेपाली प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । प्रतियोगिताकै उत्कृष्ट स्पाइकरको उपाधि पनि प्रतिभाले नै जितेकी थिइन् । यस्तै सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया