मंसिर पहिलाे साता अष्ट्रेलियामा नेपथ्य गुञ्जिने

 कात्तिक २९, २०७६ शुक्रबार १९:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रृंखलाबद्ध प्रस्तुति लिएर लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा आयोजित हुनेछ । त्यहाँ रहेकाे फोर्टिच्यूड म्यूजिक हलमा नोभेम्बर १९ तारिखका दिन नेपथ्यकाे कार्यक्रम हुनेछ ।

ब्रिसबेनपछि नेपथ्यले उत्तर तर्फको डार्बिनमा नोभेम्बर २२ तारिखका दिन, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८ तारिख, सिड्नीमा डिसेम्बर १४ प्रस्तुती दिएपछि अन्तिम प्रस्तुतिका लागि मेलबर्न पुग्नेछ। यस यात्राको अन्तिम कार्यक्रम मेलवर्नमा डिसेम्बर २३ का दिन आयोजना हुनेछ । 

नेपथ्यको यस वर्षको यात्रा संयोजन ‘नेपाली टच’ले गर्न लागेको हो । आफ्नो प्रिय ब्याण्डले फेरि अष्ट्रेलियाको यात्रा गर्न थालेकोमा त्यहाँस्थित नेपालीहरु अत्यन्त खुशी रहेको ‘नेपाली टच’का दिपेश पुनले बताए ।

अष्ट्रेलियामा रहेकाे नेपाली टचको संयोजनमा नेपथ्यको कार्यक्रमहरुको स्थानीय आयोजना ब्रिसबेनमा माउन्ट ८८४८ इभेन्ट, डार्विनमा गोर्खा पल्टन, एडिलेडमा गिरिश एंड ३ प्न् इभेन्ट, होवार्टमा ताज इभेन्ट र मेलबर्नमा नेप्ले इभेन्टले गर्नेछ भने सिड्नीको आयोजना नेपाली टच आफैँले गर्नेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया