पोर्चुगल युरो कपमा छनोट, रोनाल्डोको ९९ औँ अन्तर्राष्ट्रिय गोल पूरा

 मंसिर २, २०७६ सोमबार ६:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरो कप २०२० मा छनोट हुन सफल भएको छ । छनोट चरणको अन्तिम खेलमा लग्जम्बर्गलाई हराउँदै पोर्चुगलले अर्को वर्ष हुने प्रतियोगितामा स्थान सुरक्षित गरेको हो ।

लग्जम्बर्गलाई २–० ले हराउँदै पोर्चुगल समूह बीबाट उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेको हो । लग्जम्बर्गविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । अघिल्लो खेलमा लिथ्वानियालाई ६–० ले हराउँदा ह्याट्रिक गरेका रोनाल्डोले लग्जम्बर्गलाई एक गोल थपेर गोलको सेन्चुरी नजिक पुगेका हुन् ।

खेल सकिन चार मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेका थिए । त्यसअघि खेलको ३९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यो समूहबाट युक्रेन समूह विजेता बन्दै युरोमा छनोट भएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया