द्वन्द्वकालीन आयोगमा अध्यक्ष र सदस्य बन्न ६१ जना इच्छुक (नामसहित)

 मंसिर २, २०७६ सोमबार १०:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक भएको छ । सिफारिस समितिले आह्वान गरेको दरखास्त भरेकामध्ये मापदण्ड पूरा भएका र समितिले थप गरेका समेत ६१ जनाको नाम सिफारिस समितिले सार्वजनिक गरेको हो ।  

सिफारिस समितिको आइतबार बसेको बैठकले सोमबार अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष हुन कमलनारायण दास र मधुप्रसाद रेग्मी इच्छुक रहेकोमा सिफारिस समितिले गणेशदत्त भट्टको नाम थप गरेको समितिले जनाएको छ । 

यस्तै, युवराज सुवेदीले दुवै आयोगको अध्यक्ष हुन चाहनुभएको छ । त्यसैगरी दुवै आयोगका अध्यक्ष वा सदस्य बन्ने इच्छुकमा १० जनाको नाम छ ।  सलाहुद्दीन अख्तर सिद्दिकी, दुर्गाबन्दु पोखरेल, दुमनसिंह थापा क्षेत्री, रेवन्तबहादुर कुँवर, अली अकवर मिकरानी, ताराबहादुर न्यौपाने, गोपीचन्द्र भटट्राई, सीताप्रसाद पोखरेल, गोविन्द गौतम र अरबिन्दकुमार सिंहले दुवै आयोगको अध्यक्ष वा सदस्यका लागि फाराम भरेको समितिले जनाएको छ । 

सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व पदाधिकारी मञ्चला झा र श्रीकृष्ण सुवेदी तथा बेपत्ता छानविन आयोगका लोकेन्द्र मल्लिक, आइबहादुर गुरुङ्ग र नरकुमारी गुरुङ्गको नाम थप गरेको छ ।

सिफारिस भएका अध्यक्ष तथा सदस्यबारे कुनै प्रतिक्रिया भए पाँच दिनभित्र समितिको सचिवालय सिंहदरबारमा पुग्ने गरी उपलब्ध गराउन पनि समितिले आग्रह गरेको छ । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गएको  चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया