भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डौ - सर्वोच्च अदालतले बैतडीकी पूजा बोहरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष कैद सजाय तोकेको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै सागर भट्ट र अमर अवस्थीलाई साढे ११ बर्षको कैद सजाय तोकेको हो । सजाय निर्धारणका लागि सोमबार बसेको इजलासले दोषी र सरकार दुवैले गरी बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसला गरेको छ ।
पीडित बोहोराको शिक्षा, स्वास्थ्य र मानसिक रुपमा समेत क्षति पुगेको भन्दै सर्वोच्च अदालतले पूजा बोहराको नयाँ जीवन सुरुवातका लागि १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।
फैसलामा पीडक दुई जनालाई पाँच लाख रुपैयाँ भराउन आदेश दिइएको छ । त्यस्तै आदेशमा क्षतिपूर्तिस्वरुप पाँच लाख रुपैयाँ दिन सरकारलाई आदेश दिइएको छ । फैसलामा पीडकले क्षतिपूर्ति भराउन नसकेमा सरकारबाटै क्षतिपूर्ति भराउन भनिएको छ । त्यसका लागि क्षतिपूर्ति निर्धारण प्रतिवेदन बनाउने अधिकृत तोक्न पनि सरकारलाई आदेश गरेको छ ।
२०६८ सालको चैतमा एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारमा पुगेकी बोहोरा गेसपेपर किन्न पसल गएको बेला बलात्कारमा परेकी थिइन् ।
जिल्ला अदालत बैतडीले २०६९ फागुन २२ गते सागर भट्ट र अमर अवस्थीलाई दोषी ठहर गर्दै बलात्कार गरेकोमा ८ वर्ष तथा सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने सुनाएको थियो । तर पुनरावेदन अदालत महेन्द्रनगरले २०७१ वैशाख १५ गते जिल्ला अदालतको निर्णय उल्टाउँदै भट्ट र अवस्थीलाई सफाइ दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।