अर्मेनियाको पोस्टमा इटालीको ९ गाेल

 मंसिर ३, २०७६ मंगलबार ६:५०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

युरो कप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा इटालीले अर्मेनियामाथि ९–१ को जित निकालेको छ । यसअघि नै युरो कपमा छनोट भइसकेको इटालीले अर्मेनियालाई हराउँदा काइरो इम्मोबाइल र निकोलो जानिओलोले दुई दुई गोल गरे । 

इटालीको यो सबैभन्दा ठूलो अन्तरको जित मध्येको एक हो । यसअघि सन् १९४८ मा इटालीले अमेरिकालाई ९–० ले हराएको थियो । 

रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक पेनाल्टीसहित पाँच गोल गरेको थियो । इम्मोबाइल र जानिओलोबाहेक इटालीका लागि निकोलो बारेल्ला, एलिसियो रोमाग्नोली, रिकार्डो ओर्सोलिनी र फेड्रिको चिसाले गोल गरेका थिए । 

इड्गार बाबायानले खेल सकिन १० मिनेटअघि अर्मेनियाका लागि सान्त्वना गोल गरे । 

युरो कप छनोटमा इटालीले कुनै पनि खेलमा अंक गुमाउनु परेन । उसले १० खेलबाट ३० अंक बनाउँदै समूह विजेतका रुपमा युरो कपमा स्थान बनाएको हो । यो समूहबाट फिनल्याण्ड उपविजेताका रुपमा छनोट भएको छ । 

फिनल्याण्ड पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनाउन सफल भएको हो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया