नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – नेपालभित्र ढुवानी हुने मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) सफल बन्दै गएको छ ।
केही व्यवसायीको विरोधका बीच अडान लिएर सुरु गरिएको यो प्रणालीमा आकर्षण बढ्दै गएको राजश्व अनुसन्धान विभागले जनाएको छ । गएको साउन १ गतेदेखि लागू भएको यो प्रणालीमा अहिलेसम्म ५५ हजार प्रयोगकर्ता जोडिएका र २५ लाख भन्दा धेरै बिलबिजक दर्ता भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँले प्रणालीमा प्रविष्ट नभैकन मालवस्तुको ढुवानी गर्ने केही व्यक्ति र फर्मविरुद्ध कारबाही सुरु गरिएको पनि जानकारी दिनुभयो । ‘नियतवश सिस्टममा प्रविष्ट नगरिकन ढुवानी गर्नेलाई जरिवाना सुरु गरेका छौँ, अहिलेसम्म हामीले झण्डै ६ लाख रुपैयाँ जरिबाना गरिसकेका छौँ’ महानिर्देशक मैनालीले भन्नुभयो, ‘नक्कली बिल बिजक सहितका झण्डै १ करोड रुपैयाँ पर्ने मालवस्तु जफत गरेर कारबाहीको प्रक्रिया पनि अघि बढाएका छौँ ।’
‘यो प्रणाली प्रयोग गर्ने उद्योगी व्यापारी र एजेण्टहरु निकै खुशी हुनुहुन्छ र सजिलो भएको बताउनुभएको छ, बिस्तारै सबैले बुझ्दै जाँदा हामीलाई पनि सजिलो भएको छ’ मैनालीले भन्नुभयो, ‘हामीले अहिले धेरैलाई जानकारी पनि गराइरहेका छौँ, सुधारको यो अभियानमा धेरैको साथ मिलेको र अझै पनि यो आवश्यक छ ।’
भीसीटीएस लागू गर्न गाह्रो भएको भन्दै केही उद्योगी व्यापारीले विरोध गरिरहेका छन् । तर भीसीटीएस प्रभावकारी बन्दै गएपछि उनीहरुको विरोध ओझेलमा परेको छ ।
मालवस्तु ढुवानी गर्दा, मालवस्तुको विवरण, कुन ठाउँबाट कुन ठाउँमा लैजाने भन्ने जानकारी, गाडी नम्बर र चालकको नम्बर राजश्व अनुसन्धान विभागको वेबसाइटमा अपलोड गर्ने प्रणाली नै ‘भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ भीसीटीएस हो ।