मन्त्रिपरिषद् पुनर्गठन आज नहुने

 मंसिर ४, २०७६ बुधबार १७:४४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौका – मन्त्रिपरिषद् पुनर्गठन भोलि मात्रै हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्तिम समयमा आएर बिहीबारका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद पुनगर्ठन हुने तयारी अन्तिम चरणमा भए पनि नयाँ बन्ने मन्त्रीको सूची प्रधानमन्त्री ओलीसँग रहेको बताउनु भएको थियो ।

नयाँ मन्त्री को–को बन्दैछन ? भन्ने एकिन नभए पनि केही वर्तमान मन्त्रीले आफू मन्त्रिपरिषदबाट हट्न लागेको स्वीकार गरिसक्नु भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मन्त्रिपरिषदबाट बाहिरिन लागेको स्वीकार गरिसक्नु भएको छ ।

यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालगायत मन्त्री पनि हट्ने चर्चा छ ।

यसबाहेक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग पनि प्रधानमन्त्री ओली असन्तुष्ट रहेकाले हट्ने चर्चा छ ।

बुधबार बसेको नेकपाको सचिवालय बैठकले नेकपा अध्यक्ष ओलीलाई पूरा कार्यकाल प्रधानमन्त्री बन्ने, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष हुने निर्णय गरेको थियो ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया