दक्षिण एसियाली खेलकुद: आउँदाे बुधबारदेखि भलिबलका खेल सुरु

 मंसिर ५, २०७६ बिहिबार १४:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाण्डाैमा आउँदो बुधबारदेखि भलिबलका खेलहरु सञ्चालन हुँदैछन् ।

भारत, नेपाल र बंगलादेश एउटा समूहमा छन् भने पाकिस्तान श्रीलंका, माल्दिभ्स अर्को समूहमा छन् । दक्षिण एसियाली खेलकुद अन्तर्गत भलिबलमा भारतले आफ्नो वर्चश्व कायम गर्दै आएको भए पनि याे संस्करणमा पाकिस्तान बलियो देखिएको छ ।

जकार्तामा भएको एसियाली खेलकुदमा भारत पाकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो सेटमा भारतले २५–२१ को जित निकालेपनि पछिल्ला तीन सेटमा पाकिस्तानले कमब्याक गरेको थियो । यस्तै तेहरानमा भएको एसियाली च्याम्पियनसिपमा पनि भारत पाकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

प्रशिक्षक ड्रागन मिहाइलोभिचले भारतीय टिमको स्तरोन्नतीमा योगदान दिँदै आएका छन् । उनले आफ्नो पाँच महिने कार्यकालमा नै भारतलाई ओलम्पिक छनोटमा पुर्‍याएका थिए ।

तर पनि टिममा यू–२३ एसियाली च्याम्पियनसिपमा कास्य पदक जितेका खेलाडी छन् । प्रशिक्षकले यो पटक टिममा क्षमतावान युवा खेलाडीलाई बढी मौका दिनेछन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया