स्वयम्भूबाट सागको ओलम्पिक टर्च र्‍याली सुरू

 मंसिर ६, २०७६ शुक्रबार १२:८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च र्‍याली शुक्रबार स्वयम्भूबाट सुरू भएकाे छ ।

बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् । र्‍यालीमा सहभागि ओलम्पियनको समूहले स्वयम्भू तीन चोटी परिक्रमा गरी शुक्रबार नै प्रदेश नम्बर एकको राजधानी विराटनगर प्रस्थान गरेको छ ।

र्‍याली काठमाण्डाै विराटनगर, जनकपुर, हेटौडा, चितवन, लम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुदै मंसिर १५ गते पुनः काठमाण्डाै आइपुग्नेछ । टर्च र्‍यालीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय तथा अनतर्राष्ट्रिय खेलाडी संघलाइ दिएको छ । टर्च  र्‍यालीमा करातेका दिपक श्रेष्ठ सहित १३ खेलाडीको सहभागि रहेको छ ।

जसमा ओलम्पिनयनहरु वैकुन्ठ मानन्धर, दिपक विस्ट, कान्छिमाया कोजु, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, जितबहादुर केसी, ज्ञानबहादुर बोहरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, मुकुन्दही श्रेष्ठ छन् ।

सागको महत्वबारे देशे भरी पुर्‍याउने उद्देश्य टर्च र्‍यालीलाई सातै प्रदेश पुर्‍याउन लागिएको हो । स्वयम्भूमा शुक्रबार सागमा समावेश विभिन्न खेलका खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया